डुबेर बालकको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Jul 11 12:03:41 GMT 2026

पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–३ बेलुवाका ११ वर्षीय उत्तम थारुको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो।
घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको पोखरीमा पौडी खेल्ने क्रममा बालक डुबेर घाइते भएका थिए। डुबेर घाइते भएका बालकलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)