अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग
ratopati.com · Tue Aug 25 17:04:35 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपद्बाट प्रभावितहरूको राहत र पुनः स्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ ।
अन्नपूर्ण–११ क्रियाशील रहेको समितिले आज गाउँपालिकालाई रु दुई लाख ५० हजार नगद सहयोग प्रदान गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनः निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनः स्थापनाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)