रसुवाका सुरुङभित्र फसेकाहरूको उद्धारमा सेनाको गम्भीर चेतावनी, ‘२–३ दिन होइन, ३–४ महिना लाग्न सक्छ’
barnanmedia.com · Wed Sep 02 07:44:28 GMT 2026

रसुवाको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसहरूको उद्धार झन् कठिन बन्दै गएको छ। उद्धारमा खटिएको नेपाली सेनाले तत्काल उद्धार सम्भव नदेखिएको र केही सुरुङमा काम पूरा गर्न ३ देखि ४ महिनासम्म लाग्न सक्ने चेतावनी दिएको छ।
रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा बाक्लो दलदल, हिलो र बाढीले ल्याएको ढुंगा तथा माटो भरिएका कारण उद्धार टोलीलाई भित्र पस्नै कठिन भइरहेको छ। कतिपय सुरुङमा ३ देखि ४ मिटरसम्म बाक्लो दलदल जमेको उद्धार टोलीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)