बझाङ जीप दुर्घटना : तीनजनाको मृत्यु, आठ यात्री गम्भीर घाइते
baahrakhari.com · Sat Jul 11 13:04:59 GMT 2026

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुंगरे क्षेत्रमा एउटा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । केदारस्यूँ–७ बाट दुर्गाथली–६, च्वाबनतर्फ जाँदै गरेको से१च २४४४ नम्बरको जीप शनिबार (असार २७) अपराह्न दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तीनजनाको मृत्यु पुष्टि भएको छ । आठजना गम्भीर घाइते छन् । चार यात्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)