मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद थपलियाको प्रतिबद्धता
kendrabindu.com · Sat Jul 11 13:21:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थपलियाले मोबाइल व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या आफूले नजिकबाट बुझेको बताइन् । कार्यक्रममा सहभागी भएपछि आफूले धेरै नयाँ कुरा सिकेको उल्लेख गर्दै उनले व्यवसायीहरूको माग र सुझावलाई नीति निर्माण प्रक्रियामा प्राथमिकताका साथ उठाउने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)