चीनमा हिमनदीको जलस्तर बढेको भन्दै भोटेकोशी आसपासमा सतर्कता अपनाउन आग्रह
annapurnapost.com · Sat Jul 11 13:39:39 GMT 2026

सिन्धुपाल्चोक : चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको जाङ्मु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिमनदीको जलस्तर बढिरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ।
‘चिनियाँ अधिकारीहरुले चीनको माथिल्लो क्षेत्रका हिमतालको जलस्तर बढेको खबर पठाउनु भएको छ,’ तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाले भने, ‘सन्देश प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारलाई पठाएको हामीलाई जानकाी आएको छ। उहाँहरुले पठाउनुभएको आग्रहलाई गम्भीर रुपमा लिनुपर्दछ। नत्र ठूलो क्षति हुनसक्छ।’ सन्देशमा बोकु हिमनदीको जलस्तर बढुदा भोटेकोशी नदीमा आकस्मिक बहाव बढ्ने तथा बाढीको जोखिम उत्पन्न हुन सक्ने चेतावनी समेत दिइएको तिमल्सिनाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)