नेपाल टेलिकमले झन्डै ६ लाख नयाँ ग्राहक थप्दा एनसेलमा ५५ हजार मात्रै बढे
techpana.com · Sat Jul 11 13:43:07 GMT 2026

काठमाडौं । एक वर्षयता नेपाल टेलिकमले आफ्नो ग्राहक संख्यामा उल्लेख्य वृद्धि गरेको छ । जेठ २०८२ देखि जेठ २०८३ सम्मको अवधिमा टेलिकमले पाँच लाख ९४ हजार ८४९ नयाँ सिम ग्राहक थप्दा निजी क्षेत्रको एनसेलले भने जम्मा ५५ हजार ४९९ ग्राहक मात्र बढाउन सकेको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमले साउन, भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी बजार विस्तार गरेको देखिन्छ । यी महिनामा टेलिकमले औसतमा मासिक ५० देखि ७० हजारसम्म नयाँ ग्राहक थपेको थियो । त्यसपछिका महिनाहरूमा पनि वृद्धिदर निरन्तर कायम रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)