राहत र उद्धार सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौं आइपुग्यो
annapurnapost.com · Thu Aug 27 06:39:42 GMT 2026

काठमाडौं : राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौं आएको छ। उक्त जहाज केहीबेरअघि काठमाडौं आइपुगेको हो। सामान हस्तान्तरण गरेपछि जहाज फर्किने विमानस्थलस्थिल नागरिक उड्डयन कार्यालय स्रोतले जनाएको छ। यसअघि बुधबार राति १० टन राहत र उद्दार सामग्री लिएर भारतीय वायु सेनाको जहाज काठमाडौं आएको थियो।
भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)