नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
ratopati.com · Sat Jul 11 14:16:52 GMT 2026

काठमाडौँ । नेपाललाई व्यापार, लगानी, पर्यटन र प्रविधि क्षेत्रको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा 'नेपाल–युएई आर्थिक साझेदारी' विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
जुलाई ९ मा आबुधाबीको कोनार्ड होटलमा आयोजित उक्त कार्यक्रमको कार्यक्रमको शुभारम्भमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पठाएको विशेष सन्देश पढेर सुनाइएको थियो। आफ्नो सन्देशमा मन्त्री खनालले युएईका लगानीकर्ता र व्यवसायीहरूलाई नेपालका प्राथमिकताका क्षेत्रहरूमा लगानीका लागि आह्वान गर्दै नेपाल सरकारले दीर्घकालीन र पारस्परिक हितका साझेदारीका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)