पिताको अन्त्येष्टिपछि इरानका सर्वोच्च नेताले भने– हरहालमा बदला लिइनेछ
onlinekhabar.com · Sat Jul 11 14:16:04 GMT 2026

२७ असार, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले पिता आयतुल्लाह अली खामेनीको अन्त्येष्टिपछि उनको हत्याको बदला हरहालमा लिने घोषणा गरेका छन् । शनिबार एक लिखित सन्देश जारी गर्दै उनले भनेका छन्, ‘रगतको बदला कुनै पनि हालतमा लिइनेछ ।’
फेब्रअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनका परिवारका सदस्यको मृत्यु भएको थियो । उक्त हमलामा जोगिएका उनका छोरा मोजतबा खामेनीलाई उनको मृत्युपश्चात सर्वोच्च नेता घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)