गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
ratopati.com · Wed Jul 01 18:30:58 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा कंगोविरुद्ध दुई गोल गर्दै इङ्गल्याण्डलाई अन्तिम १६ मा पुर्याएका कप्तान ह्यारी केन यस संस्करणको ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ता) को दौडमा बलियो रूपमा प्रस्तुत भएका छन् ।
जारी विश्वकपमा ५ गोल गरिसकेका केन शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेभन्दा मात्र १ गोलले पछाडि छन् । एम्बाप्पे र मेसी ६–६ गोलसहित सूचीको पहिलो र दोस्रो स्थानमा छन् । यस्तै, नर्वेका अर्लिङ हालाण्ड ५ गोलसहित तेस्रो र समान ५ गोल गरेका इङ्गल्याण्डका कप्तान केन चौथो स्थानमा रहेका छन् । फ्रान्सका ओस्मान डेम्बेले ४ गोलसहित पाँचौँ स्थानमा छन् ।