बझाङ जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना घाइते
nepalviews.com · Sat Jul 11 14:34:40 GMT 2026

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भिर घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)