लेटाङमा १२ वर्षीया छोरी करणी गरेको अभियोगमा बुबा पक्राउ
rajdhanidaily.com · Wed Jun 10 08:56:19 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको लेटाङ नगरपालिकामा मानव सभ्यता र पुरुष जातिलाई नै कलंकित तुल्याउने एक दर्दनाक तथा अमानवीय घटना सार्वजनिक भएको छ। आफ्नै १२ वर्षीया छोरीलाई विगत ६ वर्षदेखि निरन्तर रूपमा जबरजस्ती करणी गर्दै आएको अभियोगमा एक बुबालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित बालिका मात्र ६ वर्षको नाबालक उमेर छँदादेखि नै आफ्नै जन्मदिने बुबाबाट चरम यौनिक शोषण र हिंसाको सिकार भइरहेकी थिइन्। बालिका हाल १२ वर्ष ४ महिनाकी पुगेकी छन्। पछिल्लो समय बालिकाले आफूमाथि हुँदै आएको जघन्य अपराध र पीडाका ’boutमा जानकारी गराएपछि घटना बाहिर आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)