क्यानाडाको जवाफी शुल्क घोषणा
barnanmedia.com · Tue Aug 25 20:15:00 GMT 2026

संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ । दुई देशबीच हप्तौँसम्म चलेको वार्ता नयाँ अमेरिकी शुल्क रोक्ने सहमतिमा पुग्न नसकेपछि व्यापारिक तनाव थप चुलिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडाबाट आयात हुने मोटरमा अर्को वर्षदेखि शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्याउने बताउनुभएको छ । यसअघि क्यानाडाली मोटरमा गैरअमेरिकी सामग्रीका लागि २५ प्रतिशत शुल्क थियो । अमेरिकाले क्यानाडाली वस्तुमाथि ५० प्रतिशतसम्मको नयाँ शुल्क शनिबारदेखि लागू गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)