बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
ratopati.com · Sat Jul 11 16:02:47 GMT 2026

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र०१–००१ च २६४४ नम्बरको जिप करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । जिप केदारस्युँ गाउँपालिका–७ काडाचौरका ३५ वर्षीय देवेन्द्र धामीले चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)