जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
ratopati.com · Sat Jul 11 16:33:36 GMT 2026
काठमाडाैँ । पूर्व लिभरपुल प्रशिक्षक युर्गेन क्लोप जर्मनीको पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक बन्न सैद्धान्तिक रूपमा सहमत भएका छन् । क्लोपले शुक्रबार न्यूयोर्कमा जर्मन फुटबल संघ (डीएफबी) का वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
डीएफबीले अर्को साता थप छलफल हुने र क्लोप हाल कार्यरत रहेको रेड बुलसँग पनि सहमति गर्न बाँकी रहेको जनाएको छ । तर विश्वकपबाट जर्मनीको निराशाजनक प्रारम्भिक बहिर्गमनपछि पदबाट राजीनामा दिएका जुलियन नागेल्समानको स्थान क्लोपले लिने कुरा अब समयको मात्र प्रश्न बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)