अम्पायरमाथि आक्रमण गरेको ३६ वर्षपछि आरोपित पक्राउ
barnanmedia.com · Tue Aug 25 22:16:38 GMT 2026
सन् १९९० मा मुम्बईको बोरीवली क्षेत्रमा क्रिकेट म्याचका क्रममा अम्पायरमाथि आक्रमण गरेका ओमप्रकाश ललता पासीलाई ३६ वर्षपछि गिरफ्तार गरिएको छ । घटना हुँदा पासी १८ वर्षका थिए । अम्पायरले आउट दिएकोमा आक्रोशित भएर उनले अम्पायरमाथि ब्याटले आक्रमण गरेका थिए । आक्रमणमा परी अम्पायर गम्भीर घाइते भएका थिए भने त्यसपछि पासी घटनास्थलबाट फरार भएका थिए ।
पासीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । हाल ५५ वर्ष पुगेका पासी छिमेकी ठाणे जिल्लाको मिरा रोड क्षेत्रमा बस्दै आएका थिए । एक अधिकारीले बताएअनुसार बोरीवली प्रहरीको प्राविधिक अनुसन्धान र लगातारको प्रयासबाट पासीको सुराक पत्ता लागेको हो । प्रहरीका अनुसार सन् १९९० मा पासी बोरीवलीमा क्रिकेट खेल्न गएका थिए । अम्पायरले उनलाई आउट दिएपछि रिसाएका उनले आफूसँग भएको क्रिकेट ब्याटले अम्पायरमाथि आक्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)