दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गरिने
baahrakhari.com · Thu Aug 27 06:48:59 GMT 2026

काठमाडौंं । विपद्बारे सरकारका काममा सहयोग र अनुगमन गर्न दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन हुने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा नेताहरू संयन्त्र गठन गर्न तयार भएका हुन् ।
“विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ,” बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, “तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)