क्लीभल्याण्डमा भएको गोली हानाहानमा १२ जनाको मृत्यु
kendrabindu.com · Wed Jun 10 09:16:23 GMT 2026

जोहानेसबर्ग (दक्षिण अफ्रिका) । बन्दुकधारीहरूले क्लीभल्याण्डको बस्तीमा आक्रमण गरी १२ जनालाई गोली हानेर हत्या गरेको दक्षिण अफ्रिकी प्रहरीले बुधबार जनाएको छ ।
मङ्गलबार राति आक्रमण गरी १० जना भन्दा बढी सशस्त्र व्यक्तिहरूलाई यस क्षेत्रमा लगि बस्तीमा आक्रमण गरिएको प्रहरी प्रवक्ताले बताएका छन् । संदिग्धहरू दुवै प्रवेशद्वारबाट बस्तीमा प्रवेश गरेर गाडीमा घटनास्थलबाट भाग्नु अघि धेरै स्थानहरूमा स्थानिय बासिन्दा र समुदायका सदस्यहरूमाथि गोली चलाएर भागेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)