रूस-युक्रेन युद्धको प्रभावबिच जी-२० अर्थमन्त्रीको बैठक सम्पन्न
gorkhapatraonline.com · Wed Sep 02 08:32:37 GMT 2026

जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ । बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई पूर्णरूपमा समर्थन गरे पनि रूसको सहभागिता, मध्यपूर्वको जारी युद्ध, व्यापार असन्तुलन तथा युक्रेनलाई सहयोगलगायत विषयमा मतभेद देखिएका छन् ।
बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको सहभागितालाई लिएर युक्रेनका साझेदारले असन्तुष्टि व्यक्त गर्नुभएको थियो । अमेरिकाले रुसी प्रतिनिधिलाई बैठकमा सहभागी गराएपछि केही युरोपेली अधिकारीहरूले अन्तर्राष्ट्रिय मञ्चमा रूसको सहभागितालाई सामान्य रूपमा स्वीकार गर्ने समय नभएको बताउनुभएको थियो । तर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुसी अर्थमन्त्रीको उपस्थितिले बैठकका छलफलमा कुनै उल्लेखनीय प्रभाव नपारेको दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)