पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
onlinekhabar.com · Wed Aug 26 00:42:39 GMT 2026

१० भदौ, काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा पुगे । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी सम्वत् १४४८ चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)