देशभर मनसुनको प्रभाव: केही ठाउँमा भारी वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका हिमाली र पहाडी भूभागका साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादली रहेको छ। यसैबीच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)