अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मनाइँदै
barnanmedia.com · Wed Aug 26 00:45:23 GMT 2026

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायमा पैगम्बर मोहम्मदलाई सन्देष्टाका रूपमा मान्ने गरिन्छ। उनको जन्म साउदी अरबको मक्कामा भएको थियो भने पछि उनी मदिनामा गएका थिए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो। वर्तमान समयमा हिजरी संवत् १४४८ चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)