जनशक्ति अभावले अस्पताल सञ्चालनमा समस्या
gorkhapatraonline.com · Wed Aug 26 01:04:29 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माण सम्पन्न भएको १० शय्याको आधारभूत अस्पताल जनशक्ति र स्वास्थ्य उपकरण अभावले गर्दा सञ्चालनमा आउन सकेको छैन । भवन तयार भएर सेवा सञ्चालनको प्रतीक्षामा रहे पनि चिकित्सक तथा प्राविधिक कर्मचारी नहुँदा स्थानीयवासी पोखरा, चितवन र काठमाडौँ धाउन बाध्य छन् ।
ऋषिङ गाउँपालिकाका अनुसार सङ्घीय सरकारको आठ करोड रुपियाँ लगानीमा अस्पताल भवन तयार भए पनि चिकित्सक, नर्स, ल्याब टेक्निसियन र रेडियोग्राफर लगायतका स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन हुन सकेको छैन । आधुनिक स्वास्थ्य उपकरण र अन्य आवश्यक सामग्रीसमेत अभाव रहेकाले सेवा सुरु गर्न ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अस्पताल सञ्चालन हुन नसक्दा स्थानीयवासी सहज स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)