क्यानडाले लगायो अमेरिकामाथि २० अर्ब डलरको जवाफी कर
annapurnapost.com · Wed Aug 26 01:07:59 GMT 2026

काठमाडौं : अमेरिकाले क्यानेडियन सामानमा कर बढाएपछि त्यसको जवाफमा क्यानडाले अमेरिकी आयातमा २० अर्ब अमेरिकी डलर (करिब २८ अर्ब क्यानेडियन डलर) बराबरको जवाफी महसुल घोषणा गरेको छ। अमेरिकी नीतिको कडा प्रतिवाद गर्दै क्यानडाले अमेरिकी उत्पादनहरूमा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेको हो।
क्यानडा सरकारका अनुसार यो नयाँ व्यवस्था आगामी सेप्टेम्बर ८ को मध्यरातदेखि लागू हुनेछ। क्यानडाले अमेरिकाको कदमको उत्तर 'डलरको बदला डलर' का आधारमा दिने स्पष्ट पारिसकेको छ। यस निर्णय अन्तर्गत क्यानडाले अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ र घरायसी उपकरणलगायतका विभिन्न सामग्रीहरूमा अतिरिक्त शुल्क असुल गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)