प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने
aarthiknews.com

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको हो। सांसदहरूले सरकारको कामकारबाही, नीतिगत विषय तथा समसामयिक विषयमा दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)