संसद्, मिडिया र पार्टी छल्दै बालेन
annapurnapost.com · Wed Aug 26 01:25:43 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्, मिडिया र आफ्नै पार्टीको बैठकलाई छल्दैछन्। संसदीय लोकतन्त्रको अभ्यास गर्ने संवैधानिक व्यवस्था रहेको देशका प्रधानमन्त्रीले यसरी आफूलाई पन्छ्याउँदै हिँड्ने छुट हुँदैन। संसद्मा उपस्थित भएर, मिडियाको अगाडि उभिएर अनि आफ्नो पार्टीको बैठकबाट आवश्यक मार्गदिशा र पृष्ठपोषण लिएर उत्तरदायी, पारदर्शी अनि जिम्मेवार प्रस्तुतिसहितको प्रधानमन्त्री लोकतन्त्रका पक्षधरहरूले सधैं अपेक्षा गर्ने गर्छन्।
लोकतान्त्रिक शासन व्यवस्थाको आधरभूत सर्त नै उत्तरदायित्व र पारदर्शिता हो। लोकतन्त्रमा कार्यपालिकाको प्रमुख अर्थात् प्रधानमन्त्री सर्वशक्तिमान् शासक होइनन्, उनी जनता, संसद् र आफ्नै दलप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने संवैधानिक र नैतिक दायित्व बोकेका जनप्रतिनिधिमात्र हुन्। तर, जब देशको कार्यकारी प्रमुख संसद्को सामना गर्न हिचकिचाउँछन्, सञ्चारमाध्यममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्न पन्छिन्छन् र आफ्नै दलको महŒवपूर्ण बैठक छलेर निजी भ्रमण वा व्यक्तिगत गतिविधिमा निरन्तर संलग्न हुन्छन्, यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथिको उनको प्रतिबद्धतामा गम्भीर प्रश्न खडा गर्छ। नेतृत्वको यस्तो अलोकतान्त्रिक व्यवहार कुनै सामान्य उदासीनतामात्र होइन, यो त लोकतन्त्रलाई नै दुर्घटनातर्फ लैजाने एक खतरनाक संकेत हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)