कृति अवार्डका लागि आह्वान
gorkhapatraonline.com · Wed Aug 26 01:40:54 GMT 2026

नेपालको विज्ञापन एजेन्सी सङ्घ (आन) ले प्रदान गर्दै आएको कृति अवार्डसका लागि २०८३ का लागि रचनात्मक विज्ञापन आह्वान गरिएको छ ।
‘कृति अवार्डस’ ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चारक्षेत्रमा उत्कृष्ट योगदान पु-याउने एजेन्सी, सिर्जनाकर्ता र ब्रान्डलाई सम्मान गर्दै आएको छ । १३ औँ संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोका रूपमा पहिचान बनाएको सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेले जनाउनुभयो । कृति अवार्ड्स आयोजनाबारे घोषणा गर्दै आनका अध्यक्ष सुदीप थापाले यस पटक धेरै विधालाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)