स्पेनी ला लिगा: रियल बेटिसको दोस्रो जित
kendrabindu.com · Wed Aug 26 01:49:03 GMT 2026
काठमाडौं । स्पेनी ला लिगामा रियल बेटिसले शतप्रतिशत सुरुआत लिने क्रममा मंगलबार भ्यालेन्सियलाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल पाब्लो गार्सियाले ८३ औं मिनेटमा गरे । यो जितपछि बेटिसको दुई खेलबाट छ अंक भएको छ र दोस्रो स्थानमा छ ।
सेभियाको पनि दुई खेलबाट छ अंक रहेका छ र शीर्ष स्थानमा छ । भ्यालेन्सिया भने नयाँ सिजन जितविहीन रहेको छ र एक अंकमा सीमित रहेर १५ औं स्थानमा रहेको छ । बेटिसले लिगको आफ्नो पहिलो खेलमा पनि रियल सोसिडाडलाई एक गोलले नै पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)