बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
nepalnews.com · Wed Aug 26 01:55:36 GMT 2026

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार साँझ करिब ६: २० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंको सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)