नेपाल ‘ए’ ले आज अष्ट्रेलियन क्यापिटलविरुद्ध खेल्दै
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल आज अपराह्न ३:१५ बजे डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ।
प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको नेपाली टोलीले यसअघि पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको उत्कृष्ट जित निकालेको थियो। यद्यपि, पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट र दोस्रो खेलमा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको नेपाल हाल दुई अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ। प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावनालाई कायमै राख्न आजको खेलमा नेपाललाई जित निकाल्नैपर्ने दबाब छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)