मधेशमा जापानीज इन्सेफ्लाइटिस: १९ सङ्क्रमित, ६ को मृत्यु
gorkhapatraonline.com · Wed Aug 26 02:16:16 GMT 2026

देशव्यापी बन्दै गएको प्राणघातक रोग जापानीज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण मधेश प्रदेशभर फैलँदै गएको छ। सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोगको सङ्क्रमण सर्लाहीबाहेक मधेशका सबै जिल्लामा देखिएको छ। सङ्क्रमणसँगै मृत्यु दरसमेत उच्च देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार भदौ ५ गतेसम्म मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा गरी १९ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। सङ्क्रमितमध्ये ६ जनाको अर्थात् करिब ३२ प्रतिशतको मृत्यु भएको छ। न्यौपानेले भन्नुभयो, ‘‘यो मृत्युदर उच्च हो।’’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)