हिलाम्मे सडकमा धान रोपेर स्थानीयले गरे विरोध
arthadabali.com · Wed Jun 10 09:34:55 GMT 2026

काठमाडौँ / वर्षायाम सुरु भएसँगै झापाको दमक–९ र १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँड्नै सकस छ । यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाईनै खेत बनाउँदै धान रोपे ।
प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपासको यो सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ । पटक–पटक आग्रह, निवेदन र दबाब दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)