बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
ratopati.com · Wed Aug 26 02:37:43 GMT 2026

काठमाडाैँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ।
कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ को राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)