नियम बनाउने अधिकार प्रत्यायोजन: विषयगत प्रश्नोत्तर
gorkhapatraonline.com · Wed Aug 26 02:44:16 GMT 2026

ऐन कार्यान्वयन गर्न ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी बनाइएका नियमको समष्टिगत स्वरूपलाई नियमावली भनिन्छ । यो मूलतः कार्यविधि कानुन हो । यसले हक, अधिकार, दायित्व तथा दण्ड सजायको सिर्जना गर्दैन तर ऐनद्वारा सिर्जित हक, अधिकार, दायित्व तथा दण्ड सजाय कार्यान्वयनसम्बन्धी कार्यविधिगत विषय स्पष्ट गर्दछ । नेपालको संविधानमा समेत नियमावली बनाउने अधिकार उल्लेख गरेको पाइन्छ । संविधानको धारा १०४ मा सङ्घीय संसद्ले आफ्नो कार्यसञ्चालन विधि तय गर्न नियमावली बनाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै गरी नेपाल सरकार, प्रदेश सरकार तथा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यसम्पादन नियमावली बनाई लागु गर्न सक्ने व्यवस्था रहेको छ । यसरी कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक निकाय र विशेष ऐनद्वारा गठन भएका सङ्गठित तथा स्वशासित संस्थाले नियमावली बनाउन सक्ने अधिकार राख्छन् ।
नियम बनाउने अधिकार प्रत्यायोजन गर्नु पर्नाका कारण :
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)