राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियन राजदूतबिच भेटवार्ता
kendrabindu.com · Wed Aug 26 02:54:26 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन्। राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो।
सो अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाबीचको लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र मजबुत हुने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)