सूर्यविनायक नगरपालिकाले माग्यो करारमा काम गर्न २५ कर्मचारी, यस्ता छन् आवश्यक योग्यता
clickmandu.com · Wed Aug 26 02:50:37 GMT 2026

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामा २५ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले भदौ १० गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
नगरपालिकाको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदहरूमा कर्मचारी भर्ना गर्न लागिएको छ । जसअन्तर्गत सातौँ तहको आर्किटेक्चर इन्जिनियर १ जना, चौथो तहका सहायक कम्प्युटर अपरेटर ३ जना, अमिन १ जना, राजस्व सहजकर्ता ६ जना, फिल्ड सहायक १ जना र ना.प्रा.स. (भेटेरिनरी) १ जनाको माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)