सुनका गहना चोरी गर्ने पक्राउ
nepalviews.com · Wed Aug 26 02:57:21 GMT 2026

म्याग्दी । म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । उहाँका अनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको धार्मिक मेलामा पूजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेर भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)