विद्यार्थी सुधार्न विद्यालयलाई हम्मे, सम्झाउँदा पनि हेलो सरकारमा गुनासो गर्दिन्छन् विद्यार्थी
corporatenepal.com · Wed Aug 26 03:08:18 GMT 2026

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भने,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।” भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउँछन् । उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”
यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ । विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन (कोर्न)समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)