देउवाको नजर सर्वोच्चतिर, गगनको जोड संवादमा
annapurnapost.com · Wed Aug 26 03:09:27 GMT 2026

काठमाडौं : पूर्वसभापति शेरबहादुर देउवा उपचार गरी स्वदेश फर्केको १० दिनभन्दा बढी भइसक्यो। तर, पार्टी एकताबारे सभापति गगन थापासँग कुनै संवाद भएको छैन।
जबकि पार्टीमा बढ्दो अन्तरसंघर्ष र विवाद अन्त्यका लागि देउवा र थापाबीच संवाद गराउन दुवै पक्षका केही नेताहरू रातदिन पहल गरिरहेका छन। उल्टै देउवा पक्षले १५औं महाधिवेशन रोक्न माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा पूरक निवेदन दिएको छ। देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै दिएका छुट्टाछुट्टै पूरक निवेदनमाथि भदौ ११ गते सुनुवाइको मिति तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)