हेलो सरकारमा गुनासाः विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
gorkhapatraonline.com · Wed Aug 26 03:32:57 GMT 2026

यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उहाँले भन्नुभयो,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उहाँ कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठुलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)