जाजरकोटमा बाढीले नहर भत्काएपछि पाइपबाट पानी ल्याएर सिँचाइ गरिंदै
onlinekhabar.com · Wed Aug 26 03:35:17 GMT 2026

१० भदौ, जाजरकोट । ताक्सुगाडमा आएको बाढीले सिँचाइ नहर भत्काएपछि समस्यामा परेका नलगाड नगरपालिका–१० रोली जिउलाका किसानलाई तत्काल राहत पुग्ने भएको छ। सिँचाइको अभावमा धानबाली प्रभावित हुने अवस्था आएपछि खानेपानी तथा सिँचाइ कार्यालय, जाजरकोटले अस्थायी रूपमा ५०० मिटर पाइप उपलब्ध गराएपछि समस्या हल हुने भएको हो ।
नलगाड नगरपालिका–१० र ११ को बीचमा रहेको ताक्सुगाड खोलामा साउन २९ गते आएको बाढीले सिँचाइका लागि ल्याइएको नहर पूर्ण रूपमा भत्काएको थियो। बाढीले भेरी करिडोरको सडकमा समेत क्षति पुर्याउनुका साथै चारवटा घर पूर्ण रूपमा बगाएको थियो। नहर भत्किएपछि रोली जिउलामा रोपिएको धानमा सिँचाइ गर्न समस्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)