२५ करोड लगानीमा धमाधम बन्दै छ गण्डकीको संसद् भवन (तस्बिरहरू)
ratopati.com · Wed Aug 26 03:41:02 GMT 2026

पोखरा । प्रदेश सरकारको २५ करोड रुपैयाँ लगानीमा गण्डकी प्रदेश सभाको भवन एक वर्षदेखि निर्माणाधीन छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनको गत वर्ष भदौ ३ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । हाल मुख्य भवनमा पिल्लर ठड्याएर भुईंतलाको स्ट्रक्चर निर्माण भएको छ ।
भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा ०८१ माघ १८ मा सम्झौता भएको थियो । ३६ महिना (३ वर्ष)भित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)