‘सरु संगीत राष्ट्रिय पुरस्कार’वरिष्ठ गायिका मीरा राणालाई
saralpatrika.com · Wed Aug 26 03:45:15 GMT 2026

ललितपुर । वरिष्ठ गायिका मीरा राणालाई ‘सरु संगीत राष्ट्रिय पुरस्कार २०८३’ प्रदान गरिने भएको छ। सरु संगीत घर, टिकाथली, ललितपुरले नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै राणालाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
संगीत घरका अनुसार पुरस्कार छनोटका लागि संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको स्वतन्त्र छनोट समिति गठन गरिएको थियो। समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)