ट्रयाक्टरले किचेर मृत्यु
nepalpress.com · Wed Aug 26 03:46:26 GMT 2026

वीरगंंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।
ट्रयाक्टरबाट खसेका उनीलाई सोही ट्रयाक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । फरार चालकको खोजी भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)