भारतीय भन्सार एजेन्टको ‘पेन डाउन’ले विराटनगर भन्सारले गुमायो दुईदिनमा २२ करोड राजस्व
nepalsamaya.com · Wed Aug 26 04:12:26 GMT 2026

काठमाडौं। विराटनगर भन्सार कार्यालयले दुई दिनमा २२ करोड राजस्व गुमाएको छ। भारतको जोगबनीस्थित ल्यान्ड पोर्टमा कार्यरत भन्सार एजेन्टले गरेको ‘पेन डाउन’को प्रत्यक्ष असर पर्दा उक्त राजस्व गुमाएको हो।
आन्दोलनका कारण मालवाहक सवारीको जाँच पास रोकिएपछि भन्सारले राजस्व संकलन गर्ने सकेको छैनन्। विराटनगर भन्सारमा दैनिक औसत ११ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको छ। तर, भारततर्फको जाँच पास प्रक्रिया अवरुद्ध हुँदा सोमबार र मंगलबार मालसामान बोकेका सवारी नेपाल प्रवेश गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)