रसुवाको टिमुरे बजारमा आकस्मिक बाढी, बस्तीमा ठुलो क्षति
gorkhapatraonline.com · Wed Aug 26 04:25:13 GMT 2026

रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आकस्मिक बाढी आएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
बाढीका कारण भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो । घटनापछि स्थानीयस्तरमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ। बाढीबाट मानवीय तथा भौतिक क्षति के–कति भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)