रसुवाको भोटेकोशीमा अचानक ठूलो बाढी, ५ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
clickmandu.com · Wed Aug 26 04:33:24 GMT 2026

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)