२५७० विन्दुमा नेप्सेको बलियो टेवा, २६०० पार गर्नुपर्ने दबाब
bishowkhabar.com · Wed Aug 26 04:33:08 GMT 2026

काठमाडौं–लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत असार २९ गते २ हजार ५७० विन्दुसम्म झरेर फर्किएपछि पुनः दबाबमा परेको छ । मंगलबार नेप्से २ हजार ५९४ विन्दुमा आएपछि अहिले २ हजार ५७० विन्दुलाई बजारको महत्वपूर्ण टेवा मान्न थालिएको छ ।
गत असार २९ गते नेप्से २ हजार ५७० विन्दुसम्म पुगेका बेला धितोपत्र बोर्डले बजार सुधारसँग सम्बन्धित विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो । बैंकहरूको ब्याजदर पनि थप घटेको थियो भने संघीय संसदमा सांसदहरूले घट्दो पुँजी बजारबारे चासो व्यक्त गरेका थिए । यी घटनाक्रमले बजारमा सकारात्मक प्रभाव पार्दा असार ३० गतेदेखि नेप्से क्रमिक रूपमा उकालो लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)