पृथ्वी राजमार्गसहित त्रिशुली छेउका सबै राजमार्गमा आवतजावत रोक्न गृहमन्त्रीको निर्देशन
corporatenepal.com · Wed Aug 26 04:42:11 GMT 2026

काठमाडौं । गृहमन्त्री सु्दन गुरुङले पृथ्वी राजमार्गसहित त्रिशुली नदी किनारका सबै राजमार्गमा सवारी आवागमन रोक्न निर्देशन दिएका छन् । आज रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नदी किनार आसपासमा जोखिम रहेको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जालबाट उनले बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रमुख सडकखण्डमा समेत आवागमन नगर्न अनुरोध गरेका हुन् । पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)